Logo

१४ स्थानमा दशै लक्षित यात्रु सहायता कक्ष संचालन, यस्ता छन् राजधानी बाहिर जाने यात्रुले पाउन सुविधा

१४ स्थानमा दशै लक्षित यात्रु सहायता कक्ष संचालन, यस्ता छन् राजधानी बाहिर जाने यात्रुले पाउन सुविधा



काठमाडौं । नाडा अटोमावाईल्स डिलर एसोसिएसन (नाडा) ले काठमाडौं उपत्यकामा १४ वटा यात्रु सहायता कक्ष संचालनमा ल्याउने भएको छ । गत बर्ष १२ वटा यात्रु सहायता कक्ष संचालनमा ल्याएको नाडाले यस बर्ष २ वटा थप गर्दै १४ वटा संचालनमा ल्याउन लागेको हो ।

यातायात व्यबस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता समितिलगायतका निकायसँगको सहकार्यमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष निर्माण गर्ने भएको हो ।

गत बर्षको दशैंमा उपत्यकाका कलंकी, स्वयम्भु, गोंगबु, गौशाला, कोटेश्वरलगायत १२ ओटा स्थानमा संचालन गर्दै आएको नाडाले यसबर्षको बानेश्वर र फर्पिङमा थप २ ओटा यात्रु सहायता कक्ष संचालनमा ल्याउने नाडाका उपाध्यक्ष कृष्ण दुलालले जानकारी दिए ।

उनका अनुसार फर्पिङ तथा बानेश्वरमा पनि बाहिर जाने यात्रुको चाप बढेको हुनाले यी ठाउँमा यसपालीदेखि सहायता कक्ष थप गरिएको हो ।
यात्रु सहायता कक्षले दशैंमा घर जाने यात्रुहरुको सास्तीलाई मध्यनजर गर्दै सवारी रुटदेखि यातायात भाडाको विषयमा समेत जानकारी दिने गर्छ । पछिल्लो समय यात्रुहरु ठगिने प्रवृत्ति बढ्दै गएको र यस्ता कार्यलाई निर्मुल पार्न सहायता कक्षहरु संचालनमा ल्याउन विभागले सहकार्य गरेको यातायात व्यबस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । साथै उक्त कक्षबाट यात्रुहरुका विभिन्न गुनासाहरु सुन्नका साथै उनीहरुको समस्या समेत समाधान गरिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL