Logo

सरकार र दाताबीच समझदारी कायम गर्न ‘टास्क फोर्स’ गठन गरिने

सरकार र दाताबीच समझदारी कायम गर्न ‘टास्क फोर्स’ गठन गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ चैत, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले सरकार र दातृनिकायहरुबीचको असमझदारी हटाउन छुट्टै ‘टास्क फोर्स’ गठन गरिने बताएका छन् । बुधवार अर्थमन्त्रालयमा आयोजित स्थानीय विकास साझेदारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएका हुन् । साथै, ४ देखि ५ जनासम्मको सदस्य रहनेगरी सो फोर्स गठन गरिने समेत महतले जानकारी दिए ।

महतले नेपालको पूँजीगत खर्च खासै राम्रो नभएको बताए । ‘अघिल्ला वर्षको तुलनामा पूँजीगत खर्च केही बढेको छ,’ उनले भने, ‘तर, लक्ष्य अनुसार भने सो खर्च बढन् सकेको छैन ।’ साथै, ठूला लगानीका परियोजनाहरुको रेकर्ड तत्काल नआउने नभएकोले पनि पूँजीगत खर्च राम्रो नभएको महतको भनाई छ ।

हाल अपर तामाकोसीलगायत परियोजना निर्माणाधिन अवस्थामा रहेको जानकरी दिँदै त्यसले गर्दा पनि सोचेअनुसारको आर्थिक बृद्धि गर्न नसकिएको डा .महतले जानकारी दिए । साथै, आगामी बजेटमा पूर्वाधार, उर्जा, शिक्षा, कृषिलगायत क्षेत्रलाई विशेष प्राथमिकता दिइने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा.युवराज खतिवडाले नेपालले आर्थिक बृद्धि हासिल गर्न निर्यातजन्य उद्योगलाई प्राथमितकता दिनुपर्ने बताए । हाल पर्यटन, होटललगायत सेवा क्षेत्रमा भने राम्रो प्रगति भएको उनले जानकारी दिए ।
गभर्नर खतिवडाले बैंकको खराव कर्जा कूल कर्जा प्रवाहको ५ प्रतिशतभन्दा कम भएको समेत जानकारी दिए । तर, सफलता हात पार्नका लागि बैंकिङ क्षेत्रमा अझै बढी काम गर्न बाँकी रहेको बताए । ‘हामीले उपभोक्तालाई कसरी सुरक्षित गर्ने भन्नेतर्फ सोच्नु जरुरी छ,’ उनले भने ‘जसले गर्दा यस क्षेत्रमा सफलता हात पार्न सहयोग पुग्छ ।’

कार्यक्रममा अर्थ सचिव सुमनप्रसाद शर्माले आर्थिक अवस्था र बजेट बारे कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमा बजेट कार्यान्यनको अवस्था, आगामी बर्षको बजेट, विकास साझेदारहरुको भुमिका लगायत विषय समेटिएको थियो ।
देशको राजस्व बृद्धि २० प्रतिशतको अपेक्षा गरिएकोमा १६ प्रतिशत मात्र भएको छ । नेपालमा आयत १३ दशमलव ३ प्रतिशत अंकले बढेको छ भने निर्यात १६ दशमलव ३ प्रतिशतले बढेको छ । ‘हामी कम्तिमा ७ प्रतिशतको आर्थिक बृद्धि चाहन्छौं,’ अर्थ सचिव शर्माले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL