Logo

एयरपोर्टमा उच्च ट्राफिक जाम

एयरपोर्टमा उच्च ट्राफिक जाम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ फागुन,काठमाडौं । आइतवार जहाजको चापले गर्दा आकाशमा उच्च ट्राफिक जाम भएको छ । चार दिन उडान अवरुद्ध भएपछि आइतवार एकैपटक धेरै उडान हुँदा आकाशमा ट्राफिक जाम भएको हो ।

यात्रुको चापलाई व्यवस्थापन आज चार दर्जन अन्तरराष्ट्रिय उडान हुदैछ । कतिपय जहाज ल्याण्ड गर्ने ठाउँ नपाएर आकाशमै ५ \६ पटक भन्दा बढी घुम्न परेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

पार्किङ अभाव भएपछी जहाजलाई आकाशमा होल्ड गरिएको स्रोतले बतायो ।

त्यस्तै एकै दिन धेरै उडान गर्न लागेकोले एयरपोर्ट भित्र तथा बाहिर सवारी जाम पनि बढेको छ । एयरपोर्टमा यात्रु छोड्ने तथा लिन आउने सवारीका लागि पार्किङमा समेत समस्या देखिएको छ ।

आइतवार टर्किस एयरलाइन, एयर अरेविया, एयर इण्डिया, भुटान एयरलाइन, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्सलगायत ४८ एयरलाइन्सले उडान भर्दैछन् ।

गत बुधवार टर्किस एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएपछि अन्तरराष्ट्रिय उडान ठप्प भएको थियो । शनिवार सो दुर्घटनाग्रस्त विमानलाई मर्मत गरी पार्किङमा पुर्याएपछि ७ बजेदेखि एयरपोर्ट सुचारु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL