Logo

रुसको नुकोभो एयरपोर्टमा कतार एयरवेजको २५ प्रतिशत लगानी, यसरी भयो सम्झौता

रुसको नुकोभो एयरपोर्टमा कतार एयरवेजको २५ प्रतिशत लगानी, यसरी भयो सम्झौता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कतार एयरवेजले रुसको एयरपोर्टमा लगानी गर्ने भएको छ । कतार एयरवेजले रुसको तेस्रो ठुलो एयरपोर्टसँग २५ प्रतिशत लगानी सम्झौता गरेको हो ।

कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै मस्कोको नुकोभो अन्तरराष्ट्रिय एरपोर्टसँग २५ प्रतिशत लगानी गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । कतार एयरवेजका प्रमुख कार्यकारी अकवर अल वेकर र नुकोभो एयरपोर्ट समितिका अध्यक्ष भिटाली भान्टसेभले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सो कार्यक्रममा बोल्दै कतार एयरवेजका कार्यकारी वेकरले अब नुकोभो एयरपोर्टसँग सम्बन्धको आधार अझ बलियो हुने विश्वास व्यक्त गरे ।

कतार एयरवेजले विभिन्न किसिमका अन्तरराष्ट्रिय एयरपोर्टहरुमा लगानी गर्दै आएको छ । कतार एयरवेजले हाल मस्कोका लागि दैनिक ३ तथा सेन्ट पीटर्सवर्गका लागि दैनिक १ उडान भर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL