Logo

ठूला ‘गेम चेन्जर’ परियोजनामा जान एडीवीको सुझाव

ठूला ‘गेम चेन्जर’ परियोजनामा जान एडीवीको सुझाव


रामराजा श्रेष्ठ
0
Shares

एसियाली विकास बैंकका महानिर्देशक हुँ किमले नेपाललाई ठूला ‘गेम चेन्जर’ परियोजनामा जान आग्रह गरेका छन् । उनले सोमबार अर्थमन्त्री डा रामशरण महतलाई भेटी यस्तो आग्रह गरेका हुन् । ‘नेपाललाई ठूलो सहयोग हुने खालका ठूला गेम चेन्जर आयोजनामा लगानी गर्न एडीबी तयार छ,’ किमले भने, ‘बैंकका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्षले पनि त्यस्ता ठूला आयोजनाको संभावना हेर्न हामीलाई निर्देशन दिनुभएको छ ।’
गत बर्ष बैंकले नेपाललाई दिएको सहायता प्रतिवद्धता अनुसार निकासा कम भएको उल्लेख गर्दै कार्यान्वयनमा जोड दिएर बढी सहयोग लिन पनि आग्रह गरे । नेपाललाई रु. ५० अर्ब सम्मको सहयोग गर्न सक्ने संभावना रहेको छ । बिगतमा सानातिना छरिएर रहेका परियोजनामा बढी लगानी भएको र कसरतहरु पनि बढी भएको भन्दै उनले आगानी दिनमा सीमित तर अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्ने आयोजनामा लाग्नुपर्ने बताए ।
यसअघि अर्थमन्त्री डा महतले बैंकका उपाध्यक्ष नेपालमा आएको बेला र आस्तानामा भएको बैंकको बार्षिक बैठकका क्रममा सानातिना आयोजनामा भन्दा ठूलो प्रभाव दिने परियोजनामा लगानी गर्न र परिवर्तित समय अनुसार थप सहयोग गर्न आग्रह गरेका थिए । भेटका अवसरमा महानिर्देशक किमले राजनीतिक र आर्थिक वातावरणमा भएको सुधारको प्रशंसा गर्दै नेपालमा लगानीको वातावरण सुध्रेकोले थप काम हुन सक्ने संभावना रहेको भन्दै सहयोग बढाउन सकिने जानकारी दिए ।
अर्थमन्त्री डा. महतले सरकार आर्थिक सुधारका काममा जोडतोडका साथ लागेको जानकारी दिदै आगामी दिनमा एडीवीबाट आउने सहयोग बढी उपभोग गर्न सक्ने बताए । एडीबीले नेपालमा हालसम्म करिब २ अर्ब ९७ करोड डलर लगानी गरेको छ । ठूला परियोजनाहरुमा लगानी गर्न शुरु गरिसकेको बैंकले तनहुँ जलबिद्युत आयोजनामा करिब १५ अर्व रुपैयाँ लगानी गर्ने प्रतिवद्धता अनुरुप काम अगाडि बढिसकेको छ ।
छलफलका क्रममा अर्थसचिव सुमनप्रसाद शर्मा, सहसचिव मधुकुमार मरासिनी, अर्थमन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्ट तथा मन्त्रालयका पदाधिकारीहरु र बैंकका नेपालस्थित अधिकारीहरुको उपस्थिति रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL