Logo

आर्थिक समृद्धिका लागि सहकारीमैत्री संविधान आवश्यक, सहकारीलाई करमुक्त बनाउनुपर्ने माग

आर्थिक समृद्धिका लागि सहकारीमैत्री संविधान आवश्यक, सहकारीलाई करमुक्त बनाउनुपर्ने माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१७ फागुन, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले मुलुकको संक्रमणकालीन अवस्थाको तत्काल अन्त्य गरी आर्थिक समृद्धि र सामाजिक न्यायका लागि तत्काल सहकारीमैत्री संविधान जारी गर्न माग गरेको छ ।

आइबार निजगढमा लेखा तथा व्यवस्थापन तालीमको उदघाटन गर्दै नेप्mस्कुनका सञ्चालक कृष्ण पौडेलले सो कुरा बताएका हुन् । ‘सहकारी नेपाली समाजको एकता र आर्थिक समृद्धिको आधार भएकोले यसको विकास र प्रवद्र्धनका लागि राज्य जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘सहकारी क्षेत्रका उपलव्धिहरु संस्थागत गर्दै यसका विकृति, चुनौति र जोखिमहरुलाई न्युनीकरण गर्न राज्य र सहकारी अभियान हातेमालो गर्दै अघि बढनु जरुरी छ ।’

साथै, सो कार्यका लागि बचत तथा ऋण सहकारी ऐनको व्यवस्था, करमुक्त सहकारी क्षेत्रको व्यवस्था गर्न जरुरी रहेको उनको भनाइ थियो । धेरै सहकारीहरु भएको क्षेत्रमा एकीकरण र नभएका स्थानहरु संस्था गठन र प्रवद्र्धनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले बचत तथा ऋण सहकारीहरुको प्रवद्र्धन, नियमन र क्षमता विकासमा सरकारले सहयोग गर्नुुपर्ने बताए । डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेलले आफुहरुले सिमित स्रोतसाधनका वावजुद सहकारीहरुको क्षमता विकासमा सहयोग गरिरहेको जानकारी दिए ।

कार्यक्रममा निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष लिला खनाल, अवतार बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष अजय लामा, डिभिजन सहकारी कार्यालयका प्रशिक्षकद्वय गोपाल खपांगी र प्रतिमा पाठकलगायतले मन्तव्य राखेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL