Logo

३ अंकले घट्यो नेप्से, कारोवार रकम भने बढ्यो

३ अंकले घट्यो नेप्से, कारोवार रकम भने बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ फागुन,काठमाडौं । मंगलवार नेप्से परिसुचक ३ दशमलव १८ अंकले ओरालो लागेको छ । बजार खुलेको केही बेरसम्म बढेको नेप्सेल अन्तत ९ सय ७० मा पुगेर रोकिएको छ ।

सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी अंकले घटेको छ । बीमातर्फ १५ दशमलव ०३ अंकले घटेको हो ।

त्यस्तै विकास बैंकको ५ दशमलव ५७, बैंक समूहतर्फ २ दशमलव ६१ र फाइनान्सको ३ दशमलव ०६ अंकले घटेको छ । ,
यता होटल समुह तथा जलविद्युत समूहको परिसुचक भने क्रमशः ८ दशमलव ३२र १ अंकले बढेको छ ।

१२ लाख ३९ हजार कित्ता सेयर बाट ५० करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL