Logo

जेएमईको आन्तरिक विप्रेषण सेवा शुरु, अझै नयाँ प्रविधि भित्र्याइने कम्पनीको दावी

जेएमईको आन्तरिक विप्रेषण सेवा शुरु, अझै नयाँ प्रविधि भित्र्याइने कम्पनीको दावी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ फागुन, काठमाडौं । जापान मनी एक्प्रेस (जेएमई)ले आफ्ना सेवाग्राहीलाई थप सुविधा उपलब्ध गराउन आन्तरिक विप्रेषण सेवा शुरु गरेको छ । विगत ५ बर्षदेखि जापानबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको उक्त रेमिट कम्पनीले नेपालमै पनि आन्तरिक सेवा शुरु गरेको हो ।

जेएमईले खाडी तथा मलेसियामा रहेका विभिन्न एक्सचेञ्ज हाउसहरसँग सम्झौता गरी त्यस क्षेत्रबाट पनि रेमिट्यान्स कारोवार शुरु गरिसकेको जेएमईका ब्यापार विकास प्रबन्धक प्रताप श्रेष्ठले जानकारी दिए । ‘सेवाग्राहीलाई थप सहजताका लागि हामीले आन्तरिक विप्रेषण सेवा पनि शुरु गरेका हौ,’ श्रेष्ठले भने ।

विश्वका विभिन्न मुलुकबाट जेएमईमार्फत आएको रेमिट्यान्स र मुलुक भित्रै पनि जेएमईमार्फत पठाएको रकम प्राप्त गर्नका लागि कम्पनीका देशभर १ हजार ५ सयभन्दा बढी एजेन्ट रहेको छ । यस्तै, जेएमइबाट पठाएको रेमिट्यान्स वैक अफ काठमाडौ, सिटिजन्स बैंक, मेगा बैंक, कुमारी बैंक, नविल बैंक, त्रिवेणी विकास बैंक, यती डेभलप्मेण्ट बैंक, भृकुटी विकास बैंक, साइन रेसुङ्गा डेभलप्मेण्ट बैंक तथा जेएमईले रेमिट्यान्स सम्झौता गरेका अन्य विभिन्न वित्तिय संस्थाका मुलुकभर रहेका शाखाबाट भुक्तानी लिन सकिने छ ।

सेवा विस्तारसँगै अत्याधुनिक प्रविधिमार्फत नविनतम सेवा प्रवाह गरिरहेको जेएमईले नयाँ–नयाँ प्रविधि भित्र्याईरहेको प्रबन्धक श्रेष्ठले बताए । ग्राहकले सिधै जेएमईको वेभसाइटमा गएर समेत आफ्ना आफन्तको हातमा रेमिट्यान्स पठाउन सक्ने अनलाईन सिस्टम समेत जेएमईले शुरु गरेको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL