Logo

मेलम्ची आयोजना २०७३ असोज भित्र पुरा गर्न निर्देशन, ठेकेदारलाई जिम्मेवार बनाऊ

मेलम्ची आयोजना २०७३ असोज भित्र पुरा गर्न निर्देशन, ठेकेदारलाई जिम्मेवार बनाऊ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ फागुन,काठमाडौं । व्यवस्थापिका संसद्को विकास समितिले मेलम्ची खानेपानी आयोजना २०७३ भित्र पुरा गर्न निर्देशन दिएको छ । समितिले शहरी विकास मन्त्रालय र आयोजनालाई कुनै पनि हालतमा २०७३ सालको असोज महिनाभित्र पूरा गर्न निर्देशन दिएको हो ।

सोमबार शहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की र आयोजनाका प्रमुख घनश्याम भट्टराईलाई बोलाएर छलफल गरी यस्तो आदेश दिएको छ । ठेकेदारले काम गरेन भनी उम्किन नपाइने तथा सबै उपाय अवलम्बन गरेर निर्धारित समयभित्र आयोजना पूरा गर्न निर्देशन दिएको हो ।

समितिले आयोजना अन्तर्गत सुरुङ मार्ग निर्माणमा ठेकेदारले सम्झौता अनुसारको काम नगरेको, आवश्यक मेशिनरी र अन्य सामग्री निर्माण स्थलमा नदेखिएको तथा आयोजनाको व्यवस्थापनमा पनि विभिन्न कमजोरी देखिएको भन्दै सम्झौता अनुसार ठेकेदारलाई जिम्मेवार बनाइ काम गराउन र वैकल्पिक उपाय खोज्न निर्देशन दिएको छ ।

१४ बर्ष अघि नै ७ बर्ष भित्र सक्ने लक्ष्यसहित सुरु भएको मेलम्ची आयोजना अन्र्तगत २७ किलोमिटर सुरुङ मार्ग बनाइनुपर्नेमा हालसम्म जम्मा १० किलोमिटर मात्र सुरुङ खनिएको छ ।
त्यस्तै इटालिन ठेकेदारले दिनको ३५ मिटरका दरले सुरुङ खन्नुपर्नेमा जम्मा २० मिटरका दरले मात्र सुरुङ खनिरहेको समितिले जानकारी दिएको छ । ठेकेदारले सम्झौता अनुसार काम नगरेकोले आयोजनाको कार्य ढिला भएको आयोजनाका प्रमुख घनश्याम भट्टराईले बताए ।

समितिका अन्य सदस्यले यही स्थिती रहे मेलम्चीको पानी २०८३ सालमा पनि आउन नसक्ने बताएका छन् । साथै ठेकेदारले सुरुङ मार्गको निर्माणमा गरेको ढिलाइबारे प्रधानमन्त्री, सम्बद्ध मुलुकका राजदूत र ठेकेदार कम्पनीका प्रतिनिधिलाई नै बोलाएर छलफल गर्न माग गरेका छन् ।
आयोजना एसियाली विकास बैंकको ऋण सहयोगमा दैनिक १७ करोड लिटर पानी काठमाडौ ल्याउने लक्ष्य साथ सुरु भएको थियो ।
हाल आयोजनाको पाइपलाइन विछयाउने काम धमाधम चलिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL