Logo

सरकारले खाना पकाउने ग्यासदेखि हवाई इन्धनसम्मको भाउ बढायो, यस्तो छ नयाँ मूल्यसूची

सरकारले खाना पकाउने ग्यासदेखि हवाई इन्धनसम्मको भाउ बढायो, यस्तो छ नयाँ मूल्यसूची


बिजखबर संवाददाता
162
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमवारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक\एक रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको निगम प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढेको छ । बढको मूल्य सोमवार राती देखि लागु हुने छ ।

प्रवक्ता गोइतकाअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ७९\७९ रुपैयाँ रहेको छ भने खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । बढेको मूल्यअनुसार हवाई इन्धनको मूल्य आन्तरिकमा प्रतिलिटर ९० रुपैयाँ पुगेको छ ।

सरकारले एकै महिनामा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीको आधारमा भाउ बढाएको निगमले दाबी गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL