Logo

फर्निचरमा आगो लाग्दा १ करोड बराबरको धनमाल नष्ट

फर्निचरमा आगो लाग्दा १ करोड बराबरको धनमाल नष्ट


बिजखबर संवाददाता
459
Shares

काठमाडौं । टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रू१ करोड बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बिहान ४ बजे विद्युत् चुहिएर लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा दमकलको सहयोगमा बिहान ८ बजे नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक प्रकाशबहादुर रावतले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL