Logo

जाजरकोटमा पनि वामगठबन्धनको क्लिनस्वीप, माओवादी केन्द्रका शक्ति बस्नेत विजयी

जाजरकोटमा पनि वामगठबन्धनको क्लिनस्वीप, माओवादी केन्द्रका शक्ति बस्नेत विजयी


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । वाम गठबन्धनले जाजरकोटमा पनि क्लिन स्वीप गरेको छ । जाजरकोटको प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा जित हात पार्दै वाम गठबन्धनले क्लिन स्वीप गरेको हो ।

प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत विजयी भएका छन् ।
बस्नेतले कांग्रेसका उम्मेदवार राजीवबिक्रम शाहलाई पराजित गरेका हुन् ।

बस्नेतले ३२ हजार २८१ मत ल्याए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत ल्याएर पराजित भएका छन् ।
त्यस्तै प्रदेश ९क० मा वाम गठबन्धनबाटै माओवादी केन्द्रका गणेशप्रसादसिंह  विजयी भएका छन् ।

सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार वेदराज सिंहले १२ हजार ८७८ मत प्राप्त गरे ।

प्रदेश ख मा पनि वाम गठबन्धनकै एमालेका करबीर शाही विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL