Logo

मत गणना हुँदाहुँदै किन बहिस्ष्कार गरे प्रकाशशरण महतले ?

मत गणना हुँदाहुँदै किन बहिस्ष्कार गरे प्रकाशशरण महतले ?


बिजखबर संवाददाता
6k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रसले मत गणना नै बहिस्कार गरेको छ । सो क्षेत्रका नेपाली कांग्रेका उम्मेदवार डा. प्रकाशशरण महतले मत गणना भइरहेको समयमा नै बहिष्कार गरे निस्कीएका छन् ।

आफ्नो माग सम्बोधन नभएपछि डा. महतले मत गणना नै बहिस्कार गरेका समाचार स्रोतले जानकारी दिएको छ । प्रशासन र वाम गठबन्धनको आडमा निर्वाचन आयोगले आफूहरुको माग सम्बोधन नगरेको भन्दै कांग्रेस उम्मेदवार डा. तहतले मत गणना बहिष्कार गरेको एक अधिकारीले जानकारी दिए ।

मतदान अधिकृतको हस्ताक्षर फरक फरक पाइएकोले भन्दै मतहले मतगणना रोक्न माग गरेका थिए । तर, निर्वाचन आयोग र विपक्षीले प्रशासन लगाए पेलेर गणना जारी राखेकाले बहिष्कार नै गर्नुपरेको कांग्रेसको दाबी छ ।

महतले ५ वटा बुथमा झरेको मतमा मतदान अधिकृतको फरकरफरक हस्ताक्षर भेटिएको भन्दै शुक्रबारदेखि नै मत गणना रोक्न माग गरेका थिए । सो क्षेत्रमा डा. महतसँग नेकपा एमालेका महासचिव ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL