Logo

वल्र्डकपमा डिस होमको एचडी सुविधा, उपहार योजना पनि सञ्चालनमा

वल्र्डकपमा डिस होमको एचडी सुविधा, उपहार योजना पनि सञ्चालनमा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ फागुन,काठमाडौं । डिसहोमले आइसीसी वल्र्डकप क्रिकेटको अवसरमा स्टार स्पोर्ट एचडी वन र स्टार स्पोर्ट एचडी टुको प्रसारण सुरु गरेको छ । कम्पनीले डिसहोमको एचडी कनेक्सन खरिदमा बेसिक एचडी,मिडियम एचडी र डिलक्स एचडी प्याकेजमा एक्टिभेसन गरी तीन महिनाको रिचार्ज गरेमा २ हजार छुट उपलब्ध गराउने भएको छ ।

५ हजार ९ सय ९९ रुपैयाँको कनेक्सन छुटसँगै ३ हजार ९ सय ९९ रुपैयाँमा प्राप्त गर्न सकिने छ । साथै डिसहोमको एसडी कनेक्सन खरिद गर्ने ग्राहकले लोअर,बेसिक,मिडियम र डिलकस प्याकेजहरुमा एक्टिीभेसन गरी दुइ महिनाको रिचार्ज गरेमा ५ सय छुट दिइने बताइएको छ ।

योजना फागुन १ देखि लागु गरिएको छ । डिसहोमले थप गरेको स्टार स्पोर्ट वान र टु को लागि थप शुल्क नलाग्ने बताइएको छ ।

डिसहोमले हाल सोनी सिक्स, डिस्कभरी एचडी, कलर्स, टेनलगायत एचडी च्यालन प्रशारण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL