Logo

गगन थापाको घरदैलो कार्यक्रममा बम विस्फोट, थापासहित ९ घाइते

गगन थापाको घरदैलो कार्यक्रममा बम विस्फोट, थापासहित ९ घाइते


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चुनावी प्रचारका क्रममा बम विस्फोटमा परी काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा घाइते भएका छन् ।

थापासहित ९ जना घाइते भएको महानगरीय प्रहरी कार्यालयले जानकारी दिएको छ । सोमबार बिहान चपली हाइटमा घरदैलो कार्यक्रम चलिरहँदा विस्फोट भएको थियो।

विस्फोटमा उम्मेदवार थापालाई तीनवटा छर्रा लागेको हो । उनीसहितका घाइतेहरूलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको महानगरीय प्रहरी कार्यालयले बताएको छ ।

प्रहरीका अनुसार घटनाबारे छानविन हुँदै छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL