Logo

भ्यालेन्टाइन डे मा ग्राण्डीको क्यूपिड प्याकेज योजना, १६ जोडीले गराए स्वास्थ्य परीक्षण

भ्यालेन्टाइन डे मा ग्राण्डीको क्यूपिड प्याकेज योजना, १६ जोडीले गराए स्वास्थ्य परीक्षण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२ फागुन,काठमाडौं । ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालले प्रणय दिवसको अवसरमा क्युपिड प्याकेज अफर सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत दुइ जनामध्ये १ जनाले ११ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण प्याकेज लिँदा अर्कोको निःशुल्क परीक्षणको व्यवस्था गरेको छ ।

शनिवार विहान ७ बजेदेखि सुरु सो प्याकेज अन्तर्गत १६ जोडीले स्वास्थय परीक्षण गराइसकेको अस्पतालले जानकारी दिएको छ । १ हप्तासम्म लागु गरिने सो योजनामा १ सय भन्दा बढी जोडीले नाम लेखाइसकेका छन् ।

अस्पतालले स्वास्थ्य परीक्षण गराएका सबै जोडीलाई मायाको चिनो समेत प्रदान गरेको बताइएको छ ।

क्यूपिड प्याकेज अफरका सहभागीहरुलाई लक्की ड्र मा समाबेश गरि एक विजेता जोडीका लागि विशेष उपहारको व्यवस्था गरिएको अस्पतालले जानकारी दिएको छ ।

सो लक्की ड्रको विजेताको नाम आगामी २२ फेब्रअरीमा घोषणा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL