Logo

सिबीएमएसमा जोडिने पहिलो करदाता बन्यो सिप्रदी ट्रेडिङ

सिबीएमएसमा जोडिने पहिलो करदाता बन्यो सिप्रदी ट्रेडिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले शुक्रबार (आज) देखि लागू गरेको केन्द्रीय बिजक अनुगमन प्रणाली (सिबीएमएस) मा जोडिने पहिलो करदातामा सिप्रदी ट्रेडिङ परेको छ । विभागले छैठौं कर दिवशको अबसरमा सिबीएसको उद्घाटन गर्दै सिप्रदीलाई पहिलो करदाताको रुपमा समावेश गरेको हो ।

विभागले स्वच्छ र पारदर्शी कर प्रणालीका लागि शुक्रबारदेखि केन्द्रीय बिजक अनुगमन प्रणाली कार्यान्वयमा ल्याएको हो । सो प्रणालीलाई करदाताको कम्प्युटर विलिङ प्रणालीमा जोडिने र जसले गर्दा विभागलाई रियल टाइम विलिङको बारेमा जानकारी हुनेछ ।

विभागका अनुसार सो प्रणाली कार्यान्वयन भएसँगै करदाताले रकमको विल काट्यो, कति कर उठ्यो भन्ने कुरा तुरुन्तै जानकारीमा आउनेछ । उक्त प्रणालीमार्फत कर सम्बन्धी सम्पूर्ण विषयको केन्द्रस्तरबाटै अनुगमन हुने विभागले जानकारी दिएको छ । केन्द्रीय बिजक अनुगमन प्रणालीको सफ्टवेयर नै करदाताको बिल काट्ने कम्प्युटर वा उसको सिस्टममा जडान गरिने हुँदा कुनै पनि करदाताले कर छली गर्न नसक्ने विभागको दाबी छ ।

हालसम्म विभागले कम्प्युटर विलिङका लागि १ सय ४० वटा सफ्टवेयरलाई स्वीकृति प्रदान गरिसकेको छ ६ सयभन्दा बढी करदाताले कम्प्युटर बिजक जारी गर्न अनुमति लिएका छन् । हालसम्म स्वीकृति दिएका सफ्टवेयरमार्फत नै क्रमशः केन्द्रीय बिजक अनुगम प्रणाली लागू गरिँदै जाने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL