Logo

दिल्ली चुनावमा आम आदमीको अग्रता, केजरीवाल मुख्यमन्त्री बन्ने पक्का

दिल्ली चुनावमा आम आदमीको अग्रता, केजरीवाल मुख्यमन्त्री बन्ने पक्का


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२७ माघ,काठमाडौं । भारतमा आम आदमी पार्टी(आप)ले दिल्ली विधानसभा चुनावमा अग्रता कायम गरेको छ । आपले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई निकै पछी पार्दै अग्रता कायम गरेको हो ।

७० सिटका लागि भएको चुनावमा आपले ६७ सिटमा अगाडी देखिएको छ । त्यस्तै भाजपा ३ सिट र कांग्रेस भने सवै सिटमा पछाडी परेको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

यससँगै आपका अरविन्द केजरीवाल मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

भाजपाको दिल्लीको मुख्य मन्त्रीका उम्मेदवार किरण बेदीलाई आपका एस के बग्गाले हराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL