Logo

५ अंकले घट्यो नेप्से, कारोवार भने बढ्यो

५ अंकले घट्यो नेप्से, कारोवार भने बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ माघ, काठमाडौं । सोमवार नेप्से परिसुचक ५ दशमलव ३२ अंकले आरोलो लागेको छ । नेप्से बजार ९ सय ८० विन्दुमा पुगेर बन्द भएको हो ।

आइतवार ९ सय ८६ अंकमा पुगेर बजार बन्द भएको थियो ।

शेयर बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ५ दशमलव १८ अंकले घटेको छ । त्यस्तै जलविद्युत, होटल समुह,तथा अन्य समुहको परिसुचकमा पनि गिरावट आएको छ ।सोमवार होटल समुहको परिसुचक १५ दशमलव १८ तथा जलविद्युत र अनयसमुहको परिसुचक क्रमशः १ दशमलव १२ र २४ दशमलव ६७ अंकले घटेको छ ।

यता विकाश बैंक,फाइनान्स तथा बीमा समुहको परिसुचक भने ६ दशमलव ४४, ९ दशमलव ०९ र ७ दशमलव ४६ अंकले बढेको छ । उत्पादनसमुहतर्फ भने परिसुचक स्थिर रहेको छ । बजारमा जम्मा कारोवार ३१ करोड ६७ लाखको भएको छ । १ सय ४२ कम्पनीको ६ लाख ९३ हजार कित्ता शेयर कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL