Logo

सामान्य घट्यो नेप्से, ३४ करोडको कारोवार

सामान्य घट्यो नेप्से, ३४ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२१ माघ,काठमाडौं । बुधवार नेप्से परिसुचक  सामान्य घटेको छ । नेप्से ० दशमलव ५२ अंकले घटेर ९ सय ८७ विन्दुमा पुगी बन्द भएको हो ।

बैंकिङ,फाइनान्स,बीमा र अन्य समूहको नेप्से परिसुचक घटेको छ । बैंकिङ समुहको परिसुचक  १अंकले घटेको छ । त्यस्तै फाइनान्सको १ दशमलव ८२,बीमाको ६ दशमलव ४५ र अन्यसमूहको परिसुचक ८ दशमलव २२ अंकले घटेको हो ।

यता होटल,बाणिज्य बैंक,जलविद्युत तथा उत्पादन समूहको नेप्से परिसुचक भने बढेको छ । होटल समूहको परिसुचक १६ दशमलव १३ अंकले बढेको छ भने वाणिज्य बैंकको ५ दशमलव ७७ अंकले बढेको छ । त्यस्तै जलविद्युत समूह र उत्पादनसमूहको परिसुचक क्रमशः १२ दशमलव १९ र ११ दशमलव ३७ अंकले बढेको छ ।

बुधवार शेयरबजारमा  १ सय ५२ ओटा कम्पनीको शेयर किनबेचबाट ३४ करोड ३३ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL