Logo

अमेरिका र भारतकाका लागि नयाँ राजदुत, कार्की र उपाध्याय अनुमोदित

अमेरिका र भारतकाका लागि नयाँ राजदुत, कार्की र उपाध्याय अनुमोदित


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ माघ,काठमाडौं । व्यवस्थापिका संसदको संसदीय विशेष समितिले संयुक्त राज्य अमेरिका र भारतका लागि प्रस्तावित दुई राजदुतहरुको नाम अनुमोदन गरेको छ । समितिको बुधवार बसेको बैठकले अमेरिकाका लागि प्रस्तावित डा. अर्जुनकुमार कार्की र भारतका लागि प्रस्तावित दीपकुमार उपाध्यायको नाम सुनुवाइपछी अनुमोदन गरेको हो ।

लामो समयदेखि दुवै पद  रिक्त रहेको थियो । दुई मुलुकमा राजदुतको नियुक्तिले ती मुलुकहरुको कूटनीतिक सम्वन्धमा सहजता हुने अपेक्षा गरिएको छ ।

बुधवारको बैठकमा सांसदहरुले दुवैलाई राष्ट्रको स्वाभिमान, राष्ट्रियता , सार्वभौमसत्ता र अखण्डतालाई ध्यानमा राखी कूटनीतिक मर्यादामा रही भुमिका निर्वाह गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL