Logo

आईएमई र सिद्धार्थबीच सम्झौता,आईएमईबाट पठाएको पैसा बैंकको सवै शाखाबाट लिन सकिने

आईएमई र सिद्धार्थबीच सम्झौता,आईएमईबाट पठाएको पैसा बैंकको सवै शाखाबाट लिन सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२० माघ, काठमाडौं । इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) र सिद्धार्थ बैंक बीच विप्रेषण भुक्तानी सम्वन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमईका सञ्जाल प्रबद्र्धन रुसराज पौडेल र सिद्धार्थ बैंकका विप्रेषण व्यवसाय प्रवद्र्धन प्रमुख पंकज पन्तले हस्ताक्षर गरे ।

सम्झौता पश्चात आईएमईका सेवाग्राहीले आईएमईको विश्वव्यापी सञ्जालबाट आप्रवाह हुने विप्रेषण सिद्धार्थ बैंक लिमिटेडका सबै शाखाबाट भुक्तानी गर्न सक्नेछन् ।

बैंकको देशभर ४८ शाखा छन् ।

आईएमईले ३२ एजेन्ट, १ सय १० ओटा आईएमई सेन्टर र विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखामार्फत रेमिट्यानस भुक्तानीको सुविधा उपलब्भ गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL