Logo

नेप्से सामान्य घट्यो, ४५ करोडको कारोवार

नेप्से सामान्य घट्यो, ४५ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१९ माघ, काठमाडौं । सोमबार नेप्से परिसुचक शून्य दशमलव ६८ अंकले घटेको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्से क्रमश ओरालो लाग्दै ९ सय ९० दशमलव ७६ विन्दुमा पुगेर बन्द भएको हो ।

laxmi

सोमवार बैंकिङ,होटल र जलविद्युतको परिसूचक घटेको छ । बैंकिङतर्फ ३ दशमलव २  विन्दुले घटेको छ । त्यस्तै होटल समूहको परिसूचक ९ दशमलव ०२ र जलविद्युततर्फ ६ दशमलव १६ विन्दुले घटेको हो ।

सोमवार विकास बैंक,बीमा,फाइनान्स,उत्पादन समूह तथा अन्यसमूहको परिसुचक भने बढेको छ । विकास बैंकको ५ दशमलव ६१,फाइनान्समा ० दशमलव १८, बीमातर्फ २ दशमलव १९  अन्यसमूहतर्फ ४ दशमलव ७ विन्दुले नेप्से परिसुचक बढेको छ ।  १ सय ४६ कम्पनीको १३ लाख ३९ हजार कित्ता शेयर किनबेच भएको छ ।

त्यस्तै सोमवार नेप्सेमा जम्मा ४५ करोड ५४ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL