काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि प्रमुख सडक क्षेत्रसँग जोडिएका जग्गाको प्रतिआना मूल्य निर्धारण गरेको छ ।
महानगरले सार्वजनिक गरेको आर्थिक ऐनअनुसार दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, रत्नपार्क लगायतका क्षेत्रको जग्गाको प्रतिआना मूल्य सबैभन्दा बढी, ५० लाख रुपैयाँ तोकिएको छ ।
सम्पत्ति करको आधार तय गर्नका लागि महानगरले विभिन्न स्थानका जग्गाको मूल्य तोकेको हो । ५० लाख मूल्य तोकिएको क्षेत्रमा हनुमानढोका, नयाँसडक, न्यूरोड, केशरमहल–ठमेल–क्षेत्रपाटी, असन–भोटाहिटी, माइतीघर–सिंहदरबार–पुतलीसडक, दरबारमार्ग–घण्टाघर, रानीपोखरी–वीर अस्पताल–त्रिपुरेश्वर, रत्नपार्क–सहिदगेट–सुन्धारा, भद्रकाली–सिंहदरबार क्षेत्रका सडकसँग जोडिएका जग्गाहरू समावेश छन् ।
महानगरका अनुसार यी क्षेत्रको सम्पत्ति कर मूल्याङ्कनमा पारदर्शिता ल्याउने उद्देश्यले प्रतिआना मूल्य निर्धारण गरिएको हो ।