काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरस्थित नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन प्रालि अन्तर्गतको फ्रन्टलाइन अस्पतालबीच नगदरहित सेवा (क्यासलेस सेवा) सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र फ्रन्टलाइन अस्पतालका क्लिनिकल अध्यक्ष डा। योगेश न्यौपानेले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार अब आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा खरिद गरेका बीमितहरूले अस्पतालमा नगद बिना नै बीमालेखको सीमाभित्र रहेर उपचार सेवा प्राप्त गर्न सक्नेछन्।
सम्झौता कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले फ्रन्टलाइन अस्पतालले आफ्ना ग्राहकलाई बीमा सेवा खरिद गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। साथै, अस्पतालसँग आवद्ध सदस्यहरूले औषधोपचार लगायतका सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट ढुक्क भएर लिन सक्ने भएकाले सेवा लिन आह्वान गरे।
क्लिनिकल अध्यक्ष डा. न्यौपानेले अस्पतालको सेवाबाट सन्तुष्ट ग्राहकको संख्या दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै बीमा सेवाका सन्दर्भमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग अझ प्रभावकारी रुपमा सहकार्य गर्दै जाने जानकारी दिए।