काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपाल सरकारले भर्खरै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोडको सहयोग प्रदान गरेको छ । भदौ २३ र २४ गते मुलुकभर भएको आन्दोलनका कारण क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र पीडितहरूलाई राहत प्रदान गर्ने उद्देश्यले कोषमा सहयोग प्रदान गरेको हो ।
बैंकले अर्थमन्त्री रामेश्वरप्रसाद खनालमार्फत कोषलाई रकम हस्तान्तरण गरेको हो । आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषलाई प्रदान गरेको हो ।