Logo

२१ दिनभित्र डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन उद्योगीलाई प्राधिकरणको सूचना

२१ दिनभित्र डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन उद्योगीलाई प्राधिकरणको सूचना



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका औद्योगिक तथा व्यापारिक ग्राहकलाई महसुल बक्यौता २१ दिनभित्र बुझाउन आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो । यस्तै, यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरू खारेज गरिएको उल्लेख गरेको छ ।

प्रकाशित सूचना अनुसार नै २१ (एक्काइस) कार्यदिन अर्थात् मिति २०८२–०७–१७ गतेभित्र भुक्तानी गर्न प्राधिकरण सञ्चालक समितिको मिति २०८२–०६–१० को निर्णयअनुसार सूचित गरिन्छ । मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने सूचनामा भनिएको छ ।

तोकिएको समय सीमाभित्र बक्यौता महसुल बुझाउन नआएमा नेपाल विद्युत् प्राधिकरण, विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This