Logo

कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन हुने, माघ २० गतेसम्म १८ वर्ष पूरा हुनेले भोट हाल्न पाउने

कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन हुने, माघ २० गतेसम्म १८ वर्ष पूरा हुनेले भोट हाल्न पाउने



काठमाडौँ । निर्वाचन आयोगले आउँदो कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको आयोगको पदाधिकारी बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको हो । आयोगका अनुसार माघ २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् ।

निर्वाचन घोषणापछि मतदाता नामावली सङ्कलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ ।

बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ अध्यादेशमार्फत संशोधन गरेका थिए । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेसँगै मतदाता नामावली संकलनको बाटो खुला भएको हो । यसअघि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएपछि नयाँ मतदाता नामावली सङ्कलन गर्न नपाउने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्