काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो । यस कम्पनीको आईपीओमा १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन सरद भएको थियो ।
जसअनुसार ४७ हजार ३३३ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँड गर्दा शेष रहेको ६ कित्ता सेयर सोही लगानीकर्ताहरुमा एक कित्ताका दरले बाँडफाँड गरिएको छ । जसअनुसार ६ जना आवेदकले ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर बिक्री गरेको थियो ।
आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी वेबसाइटबाट हेर्न सकिने छ ।
१. बिक्री प्रबन्धकको वेबसाइट :https://himalayancapital.com/
२. मेरो सेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट :https://iporesult.cdsc.com.np/