Logo

नवनियुक्त पाँच मन्त्रीको पद तथा गोपनीयताको शपथ आज, दुई बजेका लागि तयारी हुँदै

नवनियुक्त पाँच मन्त्रीको पद तथा गोपनीयताको शपथ आज, दुई बजेका लागि तयारी हुँदै



काठमाडौँ । नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठक र त्यसपछिको छलफलपछि प्रधानमन्त्री सुशीला कार्कीले महावीर पुन, अनिल सिन्हा, मदन परियार, संगिता मिश्र र जगदीश खरेललाई मन्त्रीमा नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले महावीर पुनलाई शिक्षा मन्त्री, सिन्हालाई कानुन, उद्योग वाणिज्य र भूमिसुधार, परियारलाई कृषि, मिश्रलाई स्वास्थ्य र खरेललाई सञ्चार मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्