Logo

बन्द हड्ताल त्यागी शान्तीपूर्ण निकास खोज्न परिसंघको आग्रह, बन्दप्रति आपत्ती

बन्द हड्ताल त्यागी शान्तीपूर्ण निकास खोज्न परिसंघको आग्रह, बन्दप्रति आपत्ती


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ पुस,काठमाडौं । नेपाल उद्योग परिसंघले बन्द हड्ताल त्यागी शान्तीपूर्ण निकास खोज्न आग्रह गरेको छ ।

परिसंघले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी  यस्तो आग्रह गरेको हो । गत सातादेखी विभिन्न राजनीतिक पार्टी तथा समूहहरुबाट सबै सरोकारवालाहरुको सहमतीमा मात्रै संविधान जारी गर्नु पर्ने माग सहित  मुलुकका विभिन्न भागमा आम हडताल र बन्द गर्दै आएको सन्र्दभमा परिसंघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ  ।

‘सरकार तथा राजनीतिक दलहरुलाई समयमै संविधान ल्याउन खबरदारी गर्नु र दवाब दिनु स्वाभाविक हो विज्ञप्तिमा भनिएको छ ,तर,अन्य शान्तीपूर्ण राजनैतिक कार्यक्रम र रचनात्मक विकल्पहरु हुँदाहुदै सर्वसाधारणको दैनिकी तथा मुलुकको अर्थतन्त्रमा प्रतिकुल असर पार्ने गरी जवर्जस्ती यातयात, उद्योगधन्दा तथा कलकारखाना बन्द गराउने कार्यप्रति परिसंघ भत्र्सना गर्छ ।’

विगत २ बर्षदेखि  मुलुकको आन्तरिक आर्थिक गतिविधि बढ्नुका साथै बिदेशी लगानीको प्रतिवद्धतामा समेत उल्लेख्य वृद्धि भएको छ । लामो मन्दीपछि बल्लबल्ल तंग्रिन लागेको औद्योगिक क्षेत्रमा जवर्जस्ती सडक, पारवहन तथा उद्योगधन्दाहरु बन्द गराइएबाट औद्योगिक प्रतिष्ठानहरु पुनः थला पर्ने खतरा बढ्दै परिसंघले जानकारी दिएको छ ।
त्यसैले नेपाल सरकार एवंम सबै जिम्मेवार राजनीतिक दलहरुका साथै सबै सरोकारवालाहरुको पनि यस विषयमा ध्यानाकर्षण होस भन्ने परिसंघले आव्हान गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL