Logo

भियतनामका उपराष्ट्रपति सुआन आज नेपाल आउँदै, नेपालका उच्चपदस्थसँग शिष्टाचार भेटवार्ता गर्ने

भियतनामका उपराष्ट्रपति सुआन आज नेपाल आउँदै, नेपालका उच्चपदस्थसँग शिष्टाचार भेटवार्ता गर्ने



काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदैछिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी नेपाल आउन लागेकी हुन्।

भ्रमणमा दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्ता र उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट हुनेछ। काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउदै छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ । यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुनेतालिका छ ।

प्रतिक्रिया दिनुहोस्