Logo

सदन सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो बन्दैछ : प्रधानमन्त्री

सदन सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो बन्दैछ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको बताएका छन्। आज (बुधबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले देश र जनताको हितमा रहेर काम गर्नुपर्ने बताए ।

‘देश र जनताको हितमा रहेर काम गर्नुपर्ने सम्मानित सदनलाई झुटा कथा सिर्जना गरेर कन्फ्युजन पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको छ’, उनले भने । समाजलाई उत्तेजनामा ल्याउने नियत राखेर बोल्ने गरेको उनको टिप्पणी छ ।

उनले भने, ‘सरकारले गरेको सकारात्मक काममाथि प्रश्न उठोस् भन्ने चाहन्थे । तर, संसद् होस् वा सार्वजनिक बहसलाई अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको छ । यस्ता बहसले देशमा केही गरौँ भन्नेको लागि होइन, युवाहरूलाई भरोसा प्रदान गर्न पनि होइन । उनीहरूलाई गाली, निन्दा, आरोपमा भुलाउने र समाजलाई उत्तेजनामा ल्याउने नियत राखेको छ ।’

बहुविवाहसम्बन्धी कानुन ल्याउन लागिएको भन्ने कुरामा सत्यता छैन

प्रधानन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट गर्दै लोकतन्त्रका लागि लडेर आएका आफूहरुले यस प्रकारको कानुनको कल्पना पनि गर्न नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्