Logo

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्न चाहने लगानीकर्ताका लागि आज अन्तिम अवसर रहेको छ। कम्पनीले भोलि साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसका आधारमा आज (साउन १५) सम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्रै हकप्रदमा सहभागी हुन पाउनेछन्।

कम्पनीले हालको चुक्ता पूँजीको १स्१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। यस अन्तर्गत, कुल १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरिनेछ।

सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ। हकप्रद प्रक्रिया अघि बढ्दै गर्दा लगानीकर्ताहरूलाई समयमै सेयर खरिद गरी योग्य बन्न कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्