Logo

सिन्धुलीमा सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका एकै परिवारका १६ जना सम्पर्कविहीन

सिन्धुलीमा सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका एकै परिवारका १६ जना सम्पर्कविहीन



काठमाडौं । सिन्धुलीको गोलन्जर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि एकाएक बेपत्ता भएका हुन् ।

सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् । वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिला हायुको घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा छन् ।

उनीहरूको खोजी कार्य भइरहेको वडाध्यक्ष श्रेष्ठले बताएका छन् । उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए । सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान अघि बढाएको एसपी लालध्वज सुवेदीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्