Logo

शर्माको पार्थीव शरिरमा प्रधानमन्त्रीले दिए श्रद्धान्जली, आजै आर्याघाटमा अन्तेष्टी गरिदै

शर्माको पार्थीव शरिरमा प्रधानमन्त्रीले दिए श्रद्धान्जली, आजै आर्याघाटमा अन्तेष्टी गरिदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२९ पुस काठमाडौं ।  प्रधानमन्त्री सुशील कोइरालाले उद्योगी बिएल शर्माको पाथिर्व शरीरमा मङगलवार श्रद्धान्जली अर्पण गरेका छन् ।

गत आइतवार निधन भएका शर्माको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि नयाँ बानेश्वरस्थित अनमोल क्याटरिङमा राखिएको छ । उनको ९१ बर्षको उमेरमा मृत्यु भएको हो ।

स्वर्गीय शर्मालाई पूर्व प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, झलनाथ खनाल, माधवकुमार नेपाल र शेरबहादुर देउवा, नेपाली कांग्रेसका  उपसभापति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री वामदेव गौतम, सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, कानुन तथा न्यायमन्त्री नरहरि आचार्यलगायतले श्रद्धान्जली दिएका थिए ।

शर्माको शवयात्रा गरी उनको निवास बाफलमा पु¥याइ आजै अन्तेष्टी गरिने बताइएको छ । उनको श्रीमती र तीन छोरी छन् । उनी अनमोल क्याटरिङ सर्भिसका अध्यक्ष तथा आम्रपाली बेन्केटका संचालक थिए ।शर्मा निजीस्तरबाट मिठाइ व्यवसाय संचालन गर्ने पनि पहिलो व्यक्ति समेत हुन् ।

उनले संसद्मा लगातार ३० वर्षसम्म क्यान्टिन समेत चलाएका थिए । यसैगरी, उनले नेपालमा पहिलो पटक कलकत्ता–काठमाडौं विमान सेवा शुरु गरेका थिए । स्वर्गीय शर्माको नेपालको व्यवसायिक क्षेत्रमा निकै ठूलो योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL