Logo

सुनको मूल्यमा प्रतितोला २ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा प्रतितोला २ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढ्दै २२ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार प्रतितोला २२ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्