काठमाडौं । प्रतिधिसभाअन्तर्गतको अर्थ समितिका सदस्यहरु यतिवेला क्लोज–क्याम्पमा छन् ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन(बाफिया)–२०७३ लाई संशोधन गर्न बनेको विद्येयक दफावार छलफलमा प्रवेश गर्नुअघि अर्थ समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा समितिका सदस्यहरु यतिवेला काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा गएका हुन् ।
समितिका सदस्य तथा एमाले सांसद सूर्य थापाले दिएको जानकारीअनुसार उनीहरु अर्थ समितिको आफ्नै व्यवस्थापनमा यतिवेला विज्ञहरुसँग घनीभूत अध्ययन तथा विश्लेषणमा रहेका छन् ।