काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलाको ४ सयले घटेर तोलामा एक लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको एक लाख ९५ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तोलाको २२०० रुपैयाँमा कारोबार भइरहेको छ ।