काठमाडौं । भेस्पा र अप्रिलिया स्कूटरहरूको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा.लि.ले वर्षा यामको क्षणमा “मनसुनमा फाइभएक्स मज्जा !!” विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले भेस्पा र अप्रिलिया स्कूटर खरिद गर्दा नगद छुट, आकर्षक उपहार, तथा सहभागी मात्र भएर समेत क्यास ब्याक जित्ने अवसर प्राप्त सक्नेछन् ।
यस अफरमा ग्राहकहरूले आधिकारिक वेबसाइट https://vespanepal.com/offer/monsoon-offer वा https://aprilianepal.com/offer/monsoon-offer मा रजिस्ट्रेशन गर्दा रु. १०,००० सम्मको क्यास ब्याक पाउन सक्छन् । साथै, स्कूटर खरिदमा रु. ७५,००० सम्मको नगद छुट, तथा आर्थिक वर्ष २०८१र२०८२ र २०८२र२०८३ को सवारी कर छुट, हालसम्मकै न्यूनतम ब्याजदर ४.९९% मा फाइनान्स सुबिधा तथा सहज एक्सचेन्ज सुविधा पनि उपलब्ध छ । यसका साथै उपहारस्वरूप प्रत्येक खरिदमा ब्राण्डेड हेल्मेट, रेनकोट र स्कूटर कभर पनि प्रदान गरिनेछ ।
भेस्पा र अप्रिलिया नेपालद्वारा प्रस्तुत यो अफर सम्पूर्ण नेपालभरका अधिकृत शोरूमहरूमा लागू हुनेछ । ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै गुणस्तरीय सवारी साधन र आकर्षक योजनाहरू निरन्तर ल्याइरहेको छ । यो अफर सीमित अवधिको लागि मात्र लागू हुने भएकाले भेस्पा र अप्रिलिया किन्ने सोचमा रहेका ग्राहकहरूले नजिकको शोरूममा गई जानकारी लिन वा वेबसाइटमा रजिस्टर गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।