काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा २४.७६ अंकले घट्दै २६ सय २९ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय १४ कम्पनीका २ करोड ९४ लाख १५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब २३ करोड १४ लाख माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये २ सय १ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ४७ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर, र भुगोल इनर्जीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज सबै समुहका परिसुचक ओरालो लागेका छन् ।