Logo

३९ प्रतिशतले बढ्यो सेयर धितो कर्जा, १० महिनामा ३५ अर्ब ४२ करोड प्रवाह

३९ प्रतिशतले बढ्यो सेयर धितो कर्जा, १० महिनामा ३५ अर्ब ४२ करोड प्रवाह



काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामै सेयर धितो कर्जा (मार्जिन नेचर लोन) ३९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको असार मसान्तयता चालु आवको बैशाख मसान्तसम्म यस्तो कर्जा ३९.३ प्रतिशतले बढेको हो ।

यो १० महिनामा नेपालमा ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ बराबरको यस्तो प्रकृतिको कर्जा प्रवाह भएको छ । केन्द्रिय बैंकको तथ्यांकलाई आधार मान्दा गत आवको असार मसान्तसम्म यस्तो कर्जा ९० अर्ब रुपैयाँ बराबरको प्रवाह भएको थियो । त्यो कर्जा पछिल्लो १० महिनामा बढ्दै बैशाखसम्म १ खर्ब २५ अर्ब ५२ करोड माथि पुगेको हो ।

यस अवधिमा प्रवाह भएको कर्जामध्ये १ करोड माथिको कर्जा मात्रै ८५ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको छ । यो गत आवको असार मसान्तसम्मको तुलनामा ५३.३ प्रतिशत अर्थात २९ अर्ब ८० करोड रुपैयाँले बढी हो । गत आवको असार मसान्तसम्म १ कराड माथिको ५५ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह भएको थियो ।

यस्तै चालु आवको पछिल्लो १० महिनामा ५० लाखदेखि १ करोडसम्मको २ अर्ब ६२ करोड, २५ लाखदेखि ५० लाखसम्मको २ अर्ब २० करोड, र २५ लाखसम्मको ७९ करोड २६ लाख रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह भएको छ ।

प्रतिक्रिया दिनुहोस्