काठमाडौं । चालु आवको बैशाख मसान्तसम्म सरकारी खातामा साढे ३ खर्ब बढी रकम मौज्दात रहेको पाईएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको १० महिनाको तथ्यांक अनुसार २०८२ वैशाख मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ मौज्दात रहेको देखिएको हो ।
यो प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमलाई समेत गरिएको नगद रकम हो । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।