काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढ्दै २ हजार ५० रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।