Logo

व्यापार संघमा कार्की, ५१ सदस्यीय कार्यसमिति चयन

व्यापार संघमा कार्की, ५१ सदस्यीय कार्यसमिति चयन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ पुस, काठमाडौं । नेपाल व्यापार संघको अध्यक्षमा कुमार कार्की चयन भएका छन् ।  संघको पाँचौ बार्षिक साधारणसभाले कार्कीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

शनिबार भएको साधारण सभाले अध्यक्षमा कार्की, उपाध्यक्ष महेन्द्रबहादुर कार्की, पर्शुराम न्यौपाने, रमेश बराल, श्याम रुंगटा र अजेश सारडा रहेका छन् । त्यसैगरी, महासचिवमा हरी गौतम र सचिवमा सुदीपकुमार रेग्मी, लक्ष्मी श्रेष्ठ, गिरीराज पोखरेल, सुमित प्रधान र कृष्णप्रसाद अधिकारी रहेका छन् । कोषाध्यक्षमा राजाराम बस्नेत र सहकोषाध्यक्षमा शोभित थापा चुनिएका छन् ।

कार्यक्रममा सचिव रेग्मीलाई २०७० सालको उत्कृष्ट गीतकार धोषित भएबापत संघले सम्मान समेत गरेको छ । रेग्मी व्यापारीसँगै गीतकार पनि हुन् । ६ सय जनाभन्दा बढी सदस्य भएको संघले नयाँ कार्यसमिति सर्वसम्वत तरिकाबाट चयन गरेको हो । कार्यक्रममा अध्यक्ष कार्कीले संघलाई अगाडि बढाउन सबै व्यापारीले सहयोग गर्नुपर्ने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL