Logo

बजेट मुलुकको अर्थतन्त्रका लागि सकारात्मक र उत्साहवर्धक : नेपाल उद्योग तथा व्यवसायी महासंघ

बजेट मुलुकको अर्थतन्त्रका लागि सकारात्मक र उत्साहवर्धक : नेपाल उद्योग तथा व्यवसायी महासंघ



काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको स्वागत गरे छ । महासंघका अध्यक्ष भागीरथ सापकोटाद्धारा जारी विज्ञप्तिमा बजेटमा समेटिएका विषयले समग्र मुलुकको अर्थतन्त्रलाई सकारात्मक र उत्साहवर्धक बनाएको महशुस गरेको उल्लेख छ ।

‘तुलनात्मक रुपमा बजेटमा समेटिएका हाम्रो अर्थतन्त्रका सवल पक्षहरुमा कृषि, पर्यटन, उर्जा, आफ्नै कच्चा पदार्थमा आधारित उद्योग, सुचना प्रविधिको विकास लगायतका बिषयहरु समेटिनुले सिंगो अर्थतन्त्रका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौं । साथै स्टार्टअप र साना तथा मझौला व्यवसायीहरुलाई समेत सहयोग पुग्ने गरि आएकों रोजगार प्रबद्र्धन कार्यक्रमले भविष्यमा रोजगार मुलक ग्रामिण अर्थतन्त्र सवल बन्दै जाने देखिन्छ,’ विज्ञप्तिमा छ ।

विगत लामो समयदेखि नेपाली अर्थतन्त्रमा देखिएको निराशालाई चिर्न यो बजेटले धेरै ठुलो योगदान पुर्याएको ठहर गर्दै महासंघले बजेटलाई सिंङ्गो निजी क्षेत्र र आम जनसमुदायले सकारात्मक किसिमले अगाडि बढाउनु पर्ने बताएको छ । ‘नेपाली अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा ठुलो योगदान पुर्याउने क्षेत्रको पहिचान र तिनको सुधार गर्दै ६ प्रतिशतको आर्थिक बृद्धि र ५.५ प्रतिशत भित्रमा मुद्रा स्फीति कायम राख्ने बजेटको उद्देश्य निकै प्रशंसनीय छ । विगत लामो समय देखि हामीले उठाउदै आएका निजी क्षेत्रका साझा सवालहरु र सरकारले यसको जगमा रहि निजी क्षेत्रको समेत संलग्नतामा बनाईएको आर्थिक सुधार आयोगका सुझावहरु क्रमश कार्यान्वयन गर्दै जाने कुराको आश्वासन समेत समेटिएकाले औपचारिक रुपमा राज्यको ड्राईभिङ सिटमा राजनीतिक पार्टी र जनताका प्रतिनिधि बसे पनि अनौपचारिक रुपमा निजी क्षेत्र पनि राज्यको अर्थतन्त्रको ड्राईभिङ सिटमा बसिरहेका छन् भन्ने कुरा राज्यले सुनिश्चितता गरेको महशुस भएको छ । यसले आगामी दिनमा नेपालको अर्थतन्त्र गुणात्मक परिणाम सहित सकारात्मक दिशामा अगाडी बढ्ने बिश्वास लिएकाछौं’, विज्ञप्तिमा छ ।

महासंघले बजेट प्रस्तुत गर्ने नेपाल सरकार एवं उपप्रधान तथा अर्थमन्त्रीलाई हार्दिक धन्यबाद सहित खुल्ला ह्रदयले स्वागत गरेको उललेख छ । साथै श्रोतको सुनिश्चितता गर्दै बजेटको पुर्ण र सफल कार्यान्वयनका लागि सम्बद्ध सरकारी निकायलगायत निजी क्षेत्रको समेत पूर्ण रुपमा साथ र सहयोग रहनेमा महासंघले बिश्वास लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्