काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घट्दै १९ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।