Logo

संसदमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने

संसदमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।

सचिवालयका अनुसार आजको बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि गत सोमबारदेखि निरन्तर छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्