काठमाडौं । बजारमा सुनको मूल्यमा उच्च उत्तारचढाव देखिएको छ । यसअघि मंगलबार एकैदिन प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज पुनः प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ६ हजार ९ सयले बढ्दै हालसम्मकै उच्च अर्थात १ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको थियो । तर, आज पुनः सुनको मूल्यमा ७ हजार ५ सय रुपैयाँको गिरावट आउँदा सुनको मूलय १ लाख ९० हजार ४ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घट्दै १९ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ७० रुपैयाँ कायम भएको थियो ।
आज विश्वबजारमा सुनको मूल्यमा प्रतिऔंस ६२ डलरको गिरावट आएको छ । अघिल्लो दिन मंगलबार प्रतिऔंस ३ हजार ४ सय अमेरिकी डलर माथि पुगेको सुनको मूल्य आज घटेर ३३ सय ४५ आसपास कारोबार भईरहेको छ ।