Logo

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश



काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक- २०८१ प्रतिनिधि सभामा प्रस्तुत भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन् ।

त्यसअघि सो विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल, चित्रबहादुर केसी, देवेन्द्र पौडेल र नारायणी शर्माबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गरिएको थियो । जसमा सबै सूचना बहुमतबाट अस्वीकृत भएको छ ।

सरकारले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ अध्यादेश जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज प्रतिनिधिसभामा विधेयक प्रस्तुत भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This